बाल सत्यकथा
हेर नानी हाे !पहाडकाे टाकुरोमा बद्री अाेझाकाे झुपडी घर थियो ।
बद्रीका बाबाअामा गरीब थिए तर खुबै मेहनती थिए ।अर्का का घर काम गर्दथे,भारी बाेकेर घर खर्च चलाउथे ।
बद्री भने अल्छी थियो १०,१२ वर्ष हुदा पनि वल्ल सरकारी स्कुलमा क ख मात्र चिनेको थियो। मात्रा अक्षर जान्दैनथ्याे।उ धनीका छाेराछाेरी झै चहान्थ्याे। बाबुआमाको दुख बुझ्दैनथ्याे
एक दिन अल्लारे केटाकाे पछिलागेर लहलहैमा पैसा कमाउन भनि घरमा भएको पैसा झिकेछ र बिदेश भागे छ।
रेलमा चडेछ पैसा सकिए पछि भाेकै भए छ,दुख पाएछ।कसाे हाेटलमा भाडा माझेर पेट पालेछ।एक दिन साथी घर फर्कने भए छ, उ त फर्कने पैसा थिएन,कापीकलम मागेर रुदै चिठी लेखेछ:;; बबअम खरचनपठलतमभकमरल । तर मात्रा नभए पनि,बाबुआमा लाई दिनु भनेछ।
घर छाेराकाे चिठी हेरेर बाबुआमाको मन राेहेछ,भाेलीपल्ट बाबुले अामाकाे कानको सुन बेचेर,ठेगान लिएर बद्री लिन पुगेछन जसाेतसाे बद्रीलाई घर ल्याए छन ।उसलाई समयले पढ्नुपर्दाेरहेछ भन्ने राम्रोसँग बुझाए छ।
त्यसपछि बाबुआमाको दुख बुझेर स्कुलमा राम्रो संग मेहनत गरि पढ्न थाले छ ।नभन्दै अव उ सालै पिच्छे स्कुल फस्ट भए छ ।पछि सरकारी छात्रवृत्तिमा डाक्टर पढ्न पाएछ।
एेले बद्री अस्पतालमा मुख्य दक्ष डाक्टर भएर देश र जनताको सेवामा कार्यरत छन ,सरकार बाट पनि दक्ष डाक्टरको उपाधी तक्मा पाएको छन।सबैकाे हाईहाई छन।हिजोआज बद्री डाक्टरका बाबुआमा खुसी र सुखी छन। तरपनि धनीकाछाेरा उसका साथीहरु उसलाई देखेर सर्माउछन तर बद्री सबैसाथीहरूलाई सम्मान गर्छन् सबैले उसलाई उपकारी गुणी भन्दछन्।
हिजोआज काेराेना भाइरस राेग निवारण अनुसन्धानमा खटिएको छ। मानव सेवामा कार्यरत छन । हेर त याे काेराेना भाइरस ले बिश्वभर कति दुख दिइरहेको छ सबै धन्दा तहसनहस वनायाे तिमीहरूको स्कुल पनि बन्द भए छ।बद्री पनि याे राेग निवारण गर्न खाेजी गर्दैछन् ।
त्यसैले नानीहरू हाे तिमीहरू पनि मेहनत गरेर पढेर बिध्यावारिधि लिएर देश र जनताको सेवा गरि बिश्वब्यापी ईज्जत् कमाउला भन्ने अासा लिदै बिदा हुन्छु ।
कथाकार:;भुपु शिक्षक वामदेव अाेझा।
सेवा २७वर्ष ९महिना ।
पेन्सन २२वर्ष ।

Comments
Post a Comment