मातातीर्थ औंसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिककालदेखि मनाइँदै आएको पर्व हो | आकांक्षा अनि चाहान पूरा गरिदिने कल्प वृक्षसरी यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी - कोटी नमन छ ।|
मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।। ' जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ' ' कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ' उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्ण पक्षको औंसी : यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा , भक्ति , सम्मान र आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ - आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो घडीमा मातातीर्थ औंसी , मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ | आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । संसारको सबैभन्दा पवित्र नाता , आमा , संसारको सबैभन्दा पवित्र सम्बोधन हो , ' आमा ' | हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द , आमा । अनि पल - पलमा सम्झना आउने , सुख दुःखमा झझल्को आउने एउटा अनुहार , ' आमा ' । बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने , म...